Logo

खालि अवस्थामा भेटियो अपहरमा परेको तेल ट्याङ्कर



जनकपुरधाम, मंसिर ४ । लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडिबाट अपहरमा परेको जनाइएको डिजेलले भरिएको ट्याङ्कर खालि रहेको अवस्थामा फेला परेको छ ।

नेपाल आयल निगमको उक्त ट्याङ्कर धनुषाको महेन्द्रनगरमा फेला परेको प्रहरीले जनाएको छ । मूल सडकबाट केहि मिटर भित्री कच्चि सडकमा रोकिराखेको अवस्थामा ट्याङ्कर फेला परेको प्रहरीले जनाएको छ ।

ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर एकाएक हराएको समाचार सार्वजनिक भएपछि खोजविन गर्न एक टोली नै गठन भएको थियो । घटनाबारे प्रहरी अनुसन्धान अगाडी बढाएको जनाएको छ । उक्त लुटमा संलग्नको विभिन्न कोणबाट खोजी कार्य जारी रहको पनि प्रहरीले जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्