Logo

एसएसपी बढुवाको गाँठो



काठमाडौैं,मंसिर ४ । नेपाल प्रहरीमा यही महिनाभित्र चार एसएसपीले अवकाश पाउने भएका छन् । एसएसपीले ५५ बर्षे उमेर हदका कारण आगामी मंसिर १९ गते वीरेन्द्र सिंह,२७ गते दिलिप बस्नेतले अवकाश पाउदै छन् । जहिलेपनि पछि पछि पर्दे आएका बस्नेत प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालका ब्याचमेट समेत हुन ।

त्यस्तै एसएसपी विभूतिराज पाण्डे र भोजजंग शाहले ३० बर्षे सेवाहदका कारण अनिवार्य आगमी पुस ११ गतेदेखि अवकास पाउँदै छन् । चार एसएसपीका जनपद तर्फ अहिले पद रित्त छ भने उक्त पदका लागि २० भन्दा बढी एसपी बढुवाको प्रतिस्पर्धामा रहेका छन् । रिक्त पद कम र आंकाक्षी धेरै भएका कारण बढुवा समितिको बैठक बसेर पनि केहि टुङगो लाग्न सकेको छैन ।

स्रोतका अनुसार केहि प्रतिस्पर्धी एसपी नेताहरुको घरदैलो चहार्न थालिसकेका छन् । बिदा बसेरै विभिन्न राजनीतिक दलका नेता तथा शत्तिकेन्द्रमार्फत बढुवाको लागि दबाब दिन थालेपछि गृह सचिव प्रमेकुमार राई तत्काल बढुवाको प्रक्रिया अगाढी नवढाउने पक्षमा रहेको देखिएको छ ।

२०७१ सालको प्रहरी नियमावलीमा एसएसपीकालागि गृहसचिव अध्यक्ष, आइजिपी सदस्य र आइजिपीले तोकेको एआइजी सदस्य सचिव रहने व्यवस्था रहेको छ ।बुधबार साप्ताहिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्