Logo

सबैभन्दा बढी नुनको प्रयोग गर्ने कर्णली प्रदेश



विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नुन कम उपलब्ध हुने ठाउँका मानिसहरु नै बढी नुनको प्रयोग गर्ने देखिएको छ । स्वास्थ्यको हिसाबले भन्नु पर्दा एक जनाले एक दिनमा पाँच ग्राम भन्दा बढी नुन खान हुँदैन । सर्वेक्षण अनुसार नेपालीहरुले मापदण्डभन्दा दोब्बर मात्रामा नुन खाने गरेको पाइएको छ ।

सर्वेक्षणअनुसार नुन खानेमा महिलाभन्दा पुरुष अगाडि रहेका छन् । पुरुषले हरेक दिन नौ दशमलव एक ग्राम र महिलाले आठ दशमलव सात ग्राम नुन खानेगरेको प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षण देशभरका १५ देखि ६९ वर्ष उमेरका ५ हजार ५ सय ९३ जनसंख्यामा गरिएको थियो । दैनिक रुपमा नुन प्रयोग कुन प्रदेशमा निम्न अनुसार हुने तथ्यांकले जनाएको छ ।

प्रदेश १ – ९ दशमलव २ प्रतिशत

प्रदेश २ – ८ दशमलव ९ प्रतिशत

प्रदेश ३ – ९ दशमलव ३ प्रतिशत

गण्डकी प्रदेश – ९ दशमलव २ प्रतिशत

प्रदेश ५ – ८ दशमलव ७ प्रतिशत

कर्णाली प्रदेश – ९ दशमलव ५ प्रतिशत

सुदूरपश्चिम प्रदेश – ९ दशमलव १ प्रतिशत

कर्णली प्रदेशमा नुन सबैभन्दा कम उपलब्ध हुने गर्दछ । तर त्यहाँका मानिसहरु सात वटा प्रदेशको भन्दा बढी खाने सर्वेक्षणले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्