Logo

डा. उपेन्द्र देवकोटाको सम्पत्तिमाथि संकट



काठमाडौं, ४ मंसिर । डा. उपेन्द्र देवकोटा जिवितै छँदा उनीमाथि ठूलो विपत्ति आइलागेको थियो । छोरी मेघाको अपहरण गरी एक समूहले फिरौती लिए ।
घटनामा संलग्नहरुको समूह नै पक्राउ पर्यो तर देवकोटा परिवार असुरक्षित महशुश गर्न पुग्यो । अहिले देवकोटाको निधन भइसकेको छ । नाम र दाम कमाएका देवकोटोको काठमाडौंमा मात्र सयौं रोपनी जग्गा छ ।

काठमाडौंको मुटु दरबारमार्गमा एउटा घर छ । देवकोटा बितेपछि उनको सम्पत्तिमाथि संकट आउन थालेको छ । दरबारमार्गस्थित भाडामा दिइएको घरमा गुण्डागर्दी गरेर तालाबन्दी गरिएको छ ।

बाग्लुङका सञ्जय अधिकारीले घरमा तालाबन्दी गरिदिएका हुन् । अधिकारी घरधनी जसरी घरलाई भाडा दिएर बसेका छन् । घर खाली गर्न भन्दा पनि नमानेपछि देवकोटापत्नी मधु दीक्षित दरबारमार्ग प्रहरीसम्म पुगिन् । त्यहाँबाट पनि सुनुवाई नभएपछि गृहसचिव प्रेमकुमार राईसम्म पुगिन् ।

गृहसचिवको पावर लागेपछि घरमा ताला लाग्यो । तर, अधिकारीले बलपूर्वक ताला फुटाएको खबर छ । देवकोटाको घर कुनै हालतमा नछाड्ने अड्डी कसेर अधिकारीले शक्ति प्रदर्शन गरिरहेको बुझिएको छ ।

पूर्वमन्त्री समेत रहेका देवकोटाको निधनपछि उनको सम्पत्ति पत्नी मधुले सम्हालिरहेकी छिन् । तीन छोरी आफ्नो काममा तल्लिन छन् । तर, यति धेरै सम्पत्ति व्यवस्थापन गर्न खोज्दा चुनौती बढ्न थालेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्