Logo

म हट्ने निश्चित हो : कृषिमन्त्री खनाल



काठमाडौं, ४ मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले आफू मन्त्रीबाट हट्ने कुराको पुष्टि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद हेरफेर गर्न लागेको बेला उनले आफू हट्ने निश्चित भएको रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा बताए ।

उनकाअनुसार पछिल्लो समय उनी र प्रधानमन्त्री ओलीबीच त्यति बाक्लो कुराकानी र भेटवार्ता पनि भएको थिएन् । ‘प्रधानमन्त्रीसँग कुरा नमिलेपछि म मन्त्रीमा बसिरहन उचित होईन’–उनले भने,‘त्यहीभएर म हट्दैछु ।’ उनले अरु को को हट्दैछन् ? त भन्ने प्रश्नमा आफूलाई त्यसबारेमा खासै जानकारी नभएको बताए । तर, पूर्व माओवादीबाट मन्त्री बनेका मातृका प्रसाद यादवपनि हट्नसक्ने उनको संकेत थियो ।



प्रतिक्रिया दिनुहोस्