Logo

नेपालको सबैभन्दा पुरानो देवस्थल बराहक्षेत्र



वराहक्षेत्र सुनसरी जिल्लामा अवस्थित नेपालकै सर्वाधिक प्रख्यात तीर्थस्थल हो । ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको छ । यो स्थान नेपालको सबैभन्दा पुरानो देवस्थल हो । बराहक्षेत्रमा वराह अवतार विष्णुको पूजा गरिन्छ ।

मन्दिर सुनसरी जिल्लाको धरानदेखि करिब २५ कि.मी. उत्तर पश्चिममा अवस्थित छ । वराहक्षेत्रको मूल मन्दिरको वर्तमान स्वरूप वि.सं. १९९१ सालको हो । वि.सं. १९९० सालको भूकम्पबाट मन्दिर भत्किए पछि वि.सं. १९९१ सालमा अन्तिम पटक जुद्ध शमशेरले पुनर्निर्माण गराएका थिए । वराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका नौँ वटा मन्दिर र थुप्रै धर्मशाला रहेका छन् । आजभन्दा करिब १५०० वर्ष अगाडि देखिका मूर्तिहरू छन् ।

पूर्वी नेपालमा वराहक्षेत्रलाई केन्द्र बिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्न सकिन्छ । वराहक्षेत्रलाई छेउको कोशी नदी जलक्रिडा र नौकाशयर गर्न चाहने मानिसहरूका लागि निकै महत्वपूर्ण छ । वराहक्षेत्र वरपरका छौगा, धारा, पर्वत, वन जंगल तथा त्यहाबाट देखिने रमणीय दृश्यहरूले समेत पर्यटनको विकासको संभावनालाई थप टेवा पुगेको छ ।

वराहक्षेत्रमा वर्षभरी नै मानिसहरूको आवतजावत र जमघट हुन्छ । तर ठूलाठूला मेलाहरू कार्तिक पूर्णिमा र मकर संक्रान्ति लाग्ने गर्छ । मेलामा भारत र नेपालको पहाडी भागबाट मानिसहरु आउने गर्छन् । यसबाहेक ऋषि पूर्णिमा, ब्यास पूर्णिमा, फागुपूर्णिमा लगायत विभिन्न एकादशी तथा अन्य व्रत र उत्सवका दिनहरूमा पनि तीर्थयात्रीहरू प्रसस्त मात्रामा बराहक्षेत्र पूग्ने गर्दछन् ।

हिन्दू पौराणिक कथाका चार क्षेत्रमध्ये दुई भारतमा र दुई वटा रहेका छन् । भारतमा कुरुक्षेत्र र धर्मछेत्र नेपालमा बरहक्षेत्र र मुक्तिनाथ छन् । भगवान विष्णु, वराहको अवतार लिएर आफ्नो लामो दाँतमा पृथ्वीलाई राखेर पातालमा डुब्नबाट बचाए । भगवान आफ्नो श्रीमती लक्ष्मीसँग हिमालय र पहाडको बेंसीमा कोशी नदीको किनारमा बसे । त्यस ठाउँको नाम घटनाको पछाडि राखिएको हो । त्यहाँ भगवान विष्णुको बरह अवतारको ठूलो र सुन्दर छवि रहेको छ ।

-धार्मिक ग्रन्थको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्