Logo

नेकपा–राजपा सहमतिनजिक, ठाकुर सभामुख बन्दै



काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेपालसँग सहमति गर्ने भएका छन् । सरकारमा सहभागी हुनसमेत प्रधानमन्त्री ओलीले राजपालाई अफर गरेको स्रोतको दाबी छ । तर, राजपा भने अहिले नै सरकारमा सहभागी हुने पक्षमा छैन् ।

नेकपा अध्यक्षद्धय ओली र पुष्पकमल दाहालले यो बीचमा राजपालाई सरकारमा सहभागी गराउनेबारे लामो छलफल गरेका छन् । अध्यक्षद्धय ओली र दाहालले राजपा नेपालका अध्यक्ष मण्डलका संयोजकसमेत भइसकेका नेता महन्थ ठाकुरलाई संघीय संसदको सभामुख बनाउनेसमेत तयारी गरेको बुझिएको छ ।

उता, राजपाले पनि सभामुख आफ्नो पार्टीले पाए नेकपासँग सहमति गर्ने योजना बनाएको एक नेताले जानकारी दिए । अहिले प्रतिनिधिसभाको सभामुख पद रिक्त छ । तत्कालिन सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएपछि उक्त पद रिक्त रहेको हो ।



प्रतिक्रिया दिनुहोस्