Logo

मन्त्रिपरिषद हेरफेरबारे सचिवालय बैठक सुरु



काठमाडौं, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेरबारे निर्णय लिनको लागि आज सचिवालय बैठक आह्वान गरेको बुझिएको छ ।

स्रोतकाअनुसार मन्त्रिमण्डल हेरफेरबारे अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेरै जानकारी गराएका छन् । यसअघि सचिवालय बैठक विहानै बस्ने भनिएको थियो।

तर, विहान शीर्ष तहका नेताहरुबीच मन्त्रिमण्डल हेरफेरका बिषयमा कुरा नमिलेपछि सचिवालयको बैठक अहिले भर्खरै सुरु भएको हो । आजको सचिवालय बैठकमा पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनाल र उपप्रधानमन्त्री ईश्वर पोखरेल अनुपस्थित् छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्