Logo

मनोकामना पूरा गर्ने गढीमाई मन्दिर



गढीमाई मन्दिर नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित तराई क्षेत्रको प्रसिद्ध शक्तिपीठ हो । बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि सुरु हुन्छ । नेपालका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीहरू र हजारौँ भारतीय दर्शनार्थीहरू आउने गर्छन् ।

बरियारपुरको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आर्दिवेदिक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ ।

पूर्वतिर रहेको ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँचदिनसम्मको पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ । गढीमाईको पूजाआजा गर्दा कङ्कालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ । यतिबेला गढीमाईका बहिनीहरू कटबासीमाई,ककालीमाई,मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिन्छ ।

गढीमाइले भक्तजनहरुको इच्छा पूरा गर्छिन् भन्ने मान्यताका साथ यहाँ दर्शन गर्नका लागि भक्तजनहरुको भीड लाग्ने गरेको छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्