Logo

उपेन्द्र यादव र भाजपा महासचिव राम माधवबीच भेटवार्ता



काठमाडौं, ४ मंसिर । भारतको औपचारिक भ्रमणमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज भारतीय सत्तारुढ दल भाजपाका महासचिव राम माधवसँग भेटवार्ता गरेका छन् । नेपाल मामिलाका जानकारसमेत रहेका राम माधवसँग यादवले आज नयाँ दिल्लीमा उनकै कार्यालयमा भेटेका हुन् । यादव र राम माधवबीचको भेटवार्ता ट्विटरमार्फत रोहित कुमारले सार्वजनिक गरेका हुन् ।

यादव यही आउने शुक्रबार काठमाडौं फर्किने कार्यतालिका रहेको छ । नेपालमा भने यतिवेला मन्त्रिमण्डल हेरफेरको तयारी भैरहेको छ । सम्भवतः प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिमण्डल हेरफेर गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्