Logo

मन्त्रिपरिषद हेरफेर ढिलाईमा बिना मगर कारण



काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेरको अन्तिम तयारी गरेका छन् । मन्त्रिहरु हेरफेरको लागि प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठकसमेत डाकेका छन् ।

सचिवालय बैठकअघि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए । उक्त छलफलमा अध्यक्ष दाहालले आफ्नी बुहारीसमेत रहेकी खानेपानी तथा सरसफाईमन्त्री बिना मगरलाई तत्काल नहटाउन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री ओली भने कुनैपनि हालतमा बिनालाई विदा गर्न चाहन्छन् ।

स्रोतकाअनुसार अध्यक्ष दाहालले केही समय बिनाको थमौतीको माग गरेका छन् । तर, ओली भने दाहालको प्रस्तावमा सकारात्मक बनेका छैनन् । ओलीले सुदुरपश्चिमबाट पनि नयाँ अनुहार ल्याउन चाहेको एक नेताले जानकारी दिए ।

ती नेताले रिपोर्टर्स नेपालसँगको कुराकानीमा भने,‘प्रधानमन्त्रीज्यूले सुदुरपश्चिमबाट नयाँ अनुहार ल्याउँ भन्ने आग्रह गर्नुभएको छ । तर, अर्का अध्यक्ष प्रचण्डले मान्नुभएको छैन । उहाँले जसरीपनि बुहारी बिनाको थमौतीको कुरा राख्नुभएको छ । हेरौं अब के हुन्छ । मैले बुझेअनुसार बिनाको थमौतीको प्रस्तावले नै मन्त्रिपरिषद हेरफेरमा ढिलाई भैरहेको छ । नत्र हिजै हुने तयारी थियो ।’



प्रतिक्रिया दिनुहोस्