Logo

राजपाको कमाण्डरमा महतो



काठमाडौं, ४ मंसिर । भोलिबाट लागु हुनेगरि राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएका छन् । आज (बुधबार) बसेको राजपा बैठकले अध्यक्ष मण्डलको संयोजकमा महतोलाई चयन गरेको हो ।

पार्टी विधान अनुसार आलोपालो प्रणालीअनुसार महतोलाई जिम्मेवारी दिइएको हो । साथै, उक्त बैठकले जिल्लाहरूमा वडा समिति, पालिका समिति र जिल्ला समिति गठन गर्न बाँकी रहेका स्थानमा २० दिनको म्याद थप गर्ने निर्णय गरेको महामन्त्री केशब झाले जानकारी दिए ।

केन्द्रीय पर्यवेक्षकहरूलाई मंसिर ३० गतेसम्म पर्यवेक्षकहरूको बैठकमा कागजातसहितको प्रतिवेदन लिई कार्यालय आउन निर्देशन दिइएको छ।



प्रतिक्रिया दिनुहोस्