Logo

सुरेन्द्र पाण्डे भौतिक पूर्वाधार मन्त्री बन्ने



काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरेका छन् । तर, अहिलेसम्म क–कसलाई हटाउने भन्नेबारे नाम बाहिर सार्वजनिक भएको छैन् । धेरै पहिलेदेखि नै मन्त्रीहरु हटाउने र नयाँलाई मौका दिने हल्ला चल्दै आएको छ ।

हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकमा ओलीले आज मन्त्रिपरिषद हेरफेर गर्ने जानकारी मन्त्रीहरुलाई गराएका थिए । तर, आज यसबेलासम्म पनि को को मन्त्री हटाउने र क कसलाई मन्त्री बनाउने भन्नेबारे कुनै टुँगो लागेको छैन् । स्रोतकाअनुसार आज चार जना मन्त्रीलाई विदाई गर्ने तयारी छ ।

विदा हुने मन्त्रीमा मातृका प्रसाद यादव, चक्रपाणि खनाल, गोकर्ण विष्ट र लालबाबु पण्डित रहेको छ । नयाँ मन्त्री बन्नेमा सुरेन्द्र पाण्डे, वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, कृष्णगोपाल श्रेष्ठ, र जनार्दन शर्माको नाम छ । पाण्डेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने ओलीको तयारी छ । अहिलेका भौतिक मन्त्री रघुवीर महासेठलाई अरु नै मन्त्रालयको जिम्मा दिन लागिएको नेकपानिकट उच्च स्रोतको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्