Logo

मन्त्रिपरिषद हेरफेर भोलिमात्रै, लिष्ट तयार



काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिमात्रै मन्त्रिपरिषद हेरफेर गर्ने भएका छन् । निकै लामो समयको रस्साकस्सीपछि मन्त्रिपरिषद हेरफेरको तयारीमा जुटेका प्रधानमन्त्री ओलीले आजपनि यसबारेमा निर्णय नगर्ने भएका हुन् ।

मन्त्रिपरिषद हेरफेरबारे अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि सहमति गरिसकेका ओलीले आज सानो तयारी गर्नुपर्ने भएकोले भोलिमात्रै मन्त्रिपरिषद हेरफेर गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार मन्त्रिपरिषद हेरफेरको लागि नाम सबै तयारी अवस्थामा रहेको छ ।

उनले भने,‘आज मन्त्रिपरिषद हेरफेर नहुने भयो । भोलि चाहीँ हुन्छ । नाम तयारी अवस्थामा छ । भोलि नै घोषणा हुन्छ । आज नाम छाँटकाँट गर्नुपरे त्यो पनि गर्ने र भोलि घोषणा गर्ने योजना छ ।’



प्रतिक्रिया दिनुहोस्