Logo

उपप्रधानमन्त्री पोखरेललाई भारत भ्रमणको निम्तो



काठमाडौं, ४ मंसिर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल एक महिनाभित्रै भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षीय राजनाथ सिंहको निम्तोमा उनी त्यसतर्फ जान लागेका हुन् ।

नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको दाबी गर्दै आएको नेपाल सरकारले भारतसँग थप सुमधुर कायम गर्दै अघि बढ्ने विश्वास दिलाएको छ । तर, पछिल्लो समय भारतको नयाँ राजनीतिक नक्शामा नेपालको लिपुलेक र कालापानी परेकोले नेपालमा भारतविरोधी आन्दोलन तथा संघर्षका कार्यक्रमहरु भैरहेका छन् । यसले कतै नेपाल–भारत सम्बन्ध बिग्रिने त होईन भन्ने आशंका गरिएको छ ।

यस्तो अवस्थामा हुन लागेको उपप्रधानमन्त्री पोखरेलको भारत भ्रमणलाई निकै महत्वको साथ हेरिएको छ । पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र हुन् । उनी ओलीको सन्देश बोकेर भारत जान लागेका छन् । भारत भ्रमणको क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने बुझिएको छ ।

पोखरेल यतिवेला युएईको भ्रमणमा छन् । उनले कानूनी रुपमै लगानी सुरक्षाको प्रत्याभूति गरिएको भन्दै नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट् (युएई) का लगानीकर्तालाई आग्रह गरेका छन्।



प्रतिक्रिया दिनुहोस्