Logo

विदेशी अस्पतालको कोमामा २३ नेपाली, उपचार खर्चको डरले परिवार नै मान्दैनन् नेपाल ल्याउन



काठमाण्डौ । विदेश जानुपर्ने बाध्यतालाई त सरकारले समान्य ठानिसक्यो । तर पैसा कमाउन विदेश गएका नेपालीहरु विभिन्न कारणले उतै मर्नुपर्ने अर्को बाध्यताप्रति पनि सरकार गम्भीर हुन सकेको छैन । रोग लागेर वा काम गर्ने क्रममा घाइते भएर जीवन र मरणको दोसाँधमा भएकाहरु पनि सरकारले केही सोचेको छैन । यतिबेला २३ जना नेपाली विभिन्न देशका अस्पतालको कोमामा रहेका छन् ।

कोमामा उपचारार्थ रहेका नेपालीलाई स्वदेश फर्काउन अस्पताल र रोजगारदाताले दूतावासलाई निरन्तर दवाव दिइरहदा पनि बिरामी झिकाउन भने सकेको छैन । कोमामा वा दिर्घकालिन उपचारको खाँचो रहेको कामदारलाई लामो समयसम्म कसरी र कहां राखेर उपचार गर्ने भन्नेमा कार्यबिधि नबनेसम्म केही भन्न सकिने अवस्था छैन ।

अहिले कोमामा रहेका बिरामीलाई नेपाल फर्काउन संम्भावना नरहेको बैदेशिक रोजगार बोडको सचिवालयले जनाएको छ । यसको कारणमा कोमामा रहेकाको परिवार पनि हुन । कोमाबाट नेपाल ल्याउँदा झन समस्या हुने र उपचार गराउन नसक्ने भएकाले परिवारले नै वेवास्ता गरेको सचिवालयको दावी छ । नेपाल ल्याएपछि गर्नुपर्ने खर्च कसले गर्ने भन्ने समस्या रहेको सचिवालयका प्रवक्ता दीनबन्धु सुवेदी बताउँछन् ।

बैदेशिक रोजगार बोडको सचिवालय प्रवक्ता दीनबन्धु सुवेदी

अहिले कतामा ९, साउदी अरब रियादमा र बहराइनमा चारचार जना नेपाली कोमामा रहेका छन् । त्यसैगरी कुवेतमा २, युएइमा १, ओमनमा १, साउदी अरब जेद्धामा १, जापान १ जना गरी जम्म २३ जना कोमामा रहेका छन् । उनीहरुलाई नेपाल ल्याएपछि आइपर्ने सम्पूर्ण आर्थिक दायित्व सम्वन्धित रोजगारदाताको हुने अवस्थामा मात्र कोमाका विरामीलाई नेपाल ल्याउन उचित हुने बोर्डको तर्क छ ।

कोमामा विरामी ल्याउने र्ईच्छुक परिवारलाई सहयोग गर्ने आव्हान सरकारले गर्नु र आफन्तलाई ल्याउन चाहनेलाई नेपालका सरकारी अस्पतालमा राख्ने व्यवस्था मिलाईदिनु आवश्यक छ । ति विरामी र तिनका परिवारको आर्थिक दायित्व सम्वन्धित रोजगारदाताको नै हुने विषयमा पनि सरकारले लविङ गर्न जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्