Logo

दश जना नेपालीमा १ जना दमको रोगी



काठमाण्डौ । नेपालमा स्वासप्रस्वाससम्बन्धी रोगीहरुको संख्या बढ्दै गएको छ । धुवाँ धुलो र वायु प्रशुषणका कारण हुने स्वासप्रश्वासम्बन्धी रोगको लक्षण दमलाई मानिन्छ । ४० वर्ष कटेका व्यक्तिलाई दम रोगको संक्रमण हुने गर्दछ । यद्यपी पछिल्लो समय युवाअवस्थादेखि नै दमको सिकार हुनेको संख्या बढ्दै गएको छ ।

उनी हुन् सर्लाही जिल्लाकी ७४ बर्षीया सितादेवी खड्का ।

सितादेवी खड्का

जब उनी ११ बर्षकी थिइन्, त्यसबेलादेखि नै सुर्तीजन्य पदार्थ प्रयोग गर्न सुरु भयो । लागेको बानी कहा छुट्थ्यो र । उमेर बढेसगंै यसतर्फ अझै बढी आकर्षित हुदै जाँदा अहिले त्यसको नतिजा देखिएको छ । ३५ बर्षसम्म निरन्तर सुर्तीजन्य पर्दाथको सेवनका कारण अहिले दम रोगले ग्रस्त बनाएको उनी बताउँछिन् ।

सुर्तिजन्य पदार्थको सेवानका कारणले मात्रै दम रोग लाग्ने होइन । विभिन्न स्रोतबाट वायुमण्डलमा हुने वायु प्रदुषणका कारण पनि दम रोग लाग्ने गरेको छ ।

पशुपति ठकुरी

उमेरले ७० कट्नुभएकी सिन्धुलीकी पशुपति ठकुरी सुर्तिजन्य पदार्थको सेवन गर्दिनन् । तर उनलाई पनि श्वासप्रश्वासको समस्या छ ।

यस्ता रोगबाट पीडित हुनेहरुको सङख्या पछिल्लो समया बढ्दै गएको अनुसन्धानले पनि देखाएको छ । डब्लुएचओ ग्लोबल बर्डेन अफ डिजिज (२०१६) का अनुशार संसारमा २५ करोड मानिस सिओपिडीबाट प्रभावित छन् भने वार्षिक ३१ दशमलव ७ लाख मानिसले सिओपिडीका कारण ज्यान गुमाउनुपरेको छ ।

नेपालमा सिओपिडी दमका रोगीहरू ११.७ प्रतिशत भन्दा धेरै छन् । नेपालमा प्रत्येक दश जनामा एक जनालाई सिओपिडी दम रोग भएको चिकित्सकको भनाई छ । ४० बर्ष पछि वृद्धा अवस्थामा बढी देखिने यस रोगबाट हाल युवा अवस्थामा समेत देखा पर्दै गएको मुटुरोग विशेषज्ञ डा. डिबी कार्की बताउँछन् ।

डा. नवीन कुमार मिश्रका अनुसार श्वासप्रश्वाससम्बन्धी रोगको मुख्य कारण धुम्रपान तथा वायु प्रदुषण नै हो । अर्थात जुनसुकै प्रकारको वायु प्रदुषणले पनि दमको समस्या देखिन्छ ।

डा. नवीन कुमार मिश्र

विश्वको ३० प्रदुशित शहरहरुमा नेपाल सातौँ स्थानमा पर्दछ । यहा अत्याधिक मात्राका हुने धुवाधुलाको कारण अधिकाशं मानिस यस्ता रोगबाट ग्रसित हुनु परेको छ त्यस्तै धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्दा भन्दै प्रयोग कर्ता नघट्नु र सरकारले यसको बिक्रिवितरणमा नियमन गर्न नसक्नाले पनि सिओपिडी दमबाट ग्रसित बन्ने गरेका छन् ।

मानव स्वास्थ्यमा हानिकारक तत्व सुर्तीजन्य पदार्थमा कडाई र वातावरण प्रदुषण नियन्त्रण गर्न जरुरी छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ’जनसंख्यामा आधारित छनोटमा परेका नसर्ने रोगका भारका विषयमा गरेको देशव्यापी अध्ययनले सिओपिडीको समस्या नेपालमा ११ दशमलव ७ प्रतिशतमा रहेको देखाएको हो ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम