Logo

मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, उपेन्द्र यादवको पनि हेरफेर



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गर्नुका लागि राष्ट्रपति कार्यालयमा सूची पठाएका हुन् ।

आज साँझ पठाइएको सूची औपचारिक रुपमा सार्वजनिक नगरिए पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइएको जानकारी दिएका हुन् । प्राइम टाइम्स टिभीको कार्यक्रम जनता जान्न चाहन्छनेमा ऋषि धमलासँग कुरा गर्दै थापाले बिहीबार विहान सपथग्रहण कार्यक्रम हुनेसमेत जानकारी दिए ।

मन्त्रीपरिषद पुनर्गठन गर्दा उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय नेकपा नेता भानुभक्त ढकाललाई दिइएको छ । अब कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्नुहुनेछ । यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । नयाँ अनुहारमा बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइने भएको छ ।

त्यसैगरी घनश्याम भुसाललाई कृषिमन्त्री र हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउन लागिएको छ । मन्त्रीहरुको विषयमा औपचारिक जानकारी भने दिइएको छैन ।

उद्योगमन्त्री मातृका यादवको ठाउँमा उद्योगि मोति दुगडलाई लैजाने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्