Logo

हटाइएका र नयाँ बनाइएका मन्त्रीको सूची



काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गरेका छन् । पुर्नगठनपछि नयाँ मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालय पठाइसकिएको छ ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, उद्दोग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणी खनाल, कृषिराज्यमन्त्री रामकुमारी चौधरी हटाइएका छन् । महासेठ, थापा र पण्डित पूर्व एमालेबाट मन्त्री बनेका हुन् । यादव, खनाल र चौधरी पूर्व माओवादी कोटाका हुन् ।

यसैगरी उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि प्रधानमन्त्री ओलीले दबाब सृजना गरेका छन् । उनलाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा पठाइएको छ । भारत भ्रमणमा रहेका यादवले यसको जानकारी पाएलगत्तै निकटस्थसँग असन्तुष्टि जनाइएको बुझिएको छ ।

ओली मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरुले सपथ खाँदैछन् । जसमध्ये घनश्याम भुषाल पहिलोपटक मन्त्री बनेका छन् । भुषाल विचारक हुन् । वसन्त नेम्वाङ र पार्वत गुरुङ पनि मन्त्रीको सूचीमा छन् । पूर्व माओवादीबाट लेखराज भट्टको प्रवेश भएको छ । उद्योगपति मोती दुगडको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको सूचीमा छ ।

सूर्य चिन्ह लिएर चुनाव लडेका मधेश केन्द्रित नेताहरु हृदयश त्रिपाठी र रामेश्वर राय यादव पनि मन्त्री बनेका छन् । उनीहरुको सरकारमा सहभागितालाई अर्थपूर्ण मानिएको छ ।

मन्त्रीबाट नहटेको र जिम्मेवारी हेरफेर नभएकामा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र सञ्चारमन्त्री गोकुल बास्कोटा छन् । यसबाहेककाको जिम्मेवारी हेरफेर र कार्यक्षमताका कारण हटाइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्