Logo

६ मन्त्रीलाई हटाईयो, यी हुन नयाँ मन्त्रीहरु (नामसहित)



काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गरेका छन् । आज साँझ प्रधानमन्त्री ओलीले ६ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिएको जानकारीअनुसार हटाईएका मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषि तथा पशुपन्छीविकास चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका प्रसाद यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरी रहेका छन् ।

प्रधानमन्त्रीले नियुक्त गरेका नयाँ ६ मन्त्रीहरूमा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ रहेका छन्। त्यस्तै भुसाल कृषि तथा पशुपन्छी विकास, भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात र गुरुङ, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनेका छन्।

ओलीले नियुक्त गरेका राज्यमन्त्रीहरूमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर छन् । दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति, रावतलाई स्वास्थ्य तथा जनसङ्ख्या र मानन्धरलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिईएको छ ।  उपप्रधान र स्वास्थ तथा जनसङ्ख्यामन्त्री रहेका उपेन्द्र यादवलाई कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री र कानुन, न्याय तथा संसदीय मन्त्री रहेका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्