Logo

उच्च अदालतमा १२ न्यायाधीशको नाम सिफारिश (सूचीसहित)



काठमाडौं, ४ मंसिर । न्यायपरिषद्ले उच्च अदालतमा १२ जना न्यायाधीशको नाम सिफारिश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बुधबार बसेको बैठकले न्यायाधीशहरुको नाम सिफारिश गरेको हो ।

न्याय परिषदले पाँच जना कानुन व्यवसायीबाट, छ जना जिल्ला न्यायाधीश र एकजना न्याय सेवाका कर्मचारीबाट नाम सिफारिश गरेको हो । आठजना उच्च अदालतका न्यायाधीशको नाम समेत सिफारिश गरेको छ ।

जिल्ला न्यायधीशहरु मध्येबाट किरण कुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शन राज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल र नरिश्वर भण्डारी छन् । न्याय सेवाको कर्मचारीबाट गिता प्रसाद तिमिल्सिना छन् ।

यसैगरी अधिवक्ताहरु मध्येबाट मिलन कुमार राई, भोजपुर, राजकुमार सिलवाल चितवन, मेरिना श्रेष्ठ, डोटी, मिना गौतम सेढाइ, मोरङ र सोमकान्त मैनाली, चितवन छन् ।

यसैगरी यसै महिना रिक्त हुने पदका लागि समेत नाम सिफारिश गरेको छ । जसमध्ये अधिवक्ताहरु देशबहादुर सार्की भोजपुर, रेखा थापा पाण्डे सुनसरी र किरण कुमारी गुप्ता सप्तरी छन् ।

File Photo: RRNepal



प्रतिक्रिया दिनुहोस्