Logo

घनश्याम भुषाल कृषि मन्त्री बने



काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गरेका छन् । आज साँझ राष्टपति कार्यालय शितलनिवासले जारी गरेको विज्ञप्तीमा सो कुरा जनाईएको छ । प्रधानमन्त्री ओलीले पाँच जना नयाँ मन्त्री नियुक्त गरेका छन् । यसरी नयाँ नियक्त हुने मन्त्रीमा हृदयेश त्रिपाठी, घनश्याम भुषाल, बसन्त नेम्वाङ, रामेश्वर राय यादव र लेखराज भट्ट छन् ।

त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भुषाललाई कृषि तथा पशुपन्छी विकास, नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात, यादवलाई श्रम, भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिईएको छ । नवनियुक्त मन्त्रीहरुको भोलि सपथग्रहण कार्यक्रम राखिएको छ । शितलनिवासमा एक कार्यक्रमकाबीच सपथग्रहण हुनेछ ।



प्रतिक्रिया दिनुहोस्