Logo

न्यायाधीश बन्ने पूजाको सपना



काठमाडौँ, ५ मंसिर । राजधानीको एक क्याम्पसमा बीए एलएलबी चौथो सेमेस्टरमा अध्ययनरत २३ वर्षीया पूजा ९नाम परिवर्तन० आठ वर्षअघि बैतडी जिल्ला सदरमुकाम खलङ्गामा भएको पाशविक र पीडादायी घटना सम्झना पनि गर्न चाहनन् ।
वि।सं। २०६८ चैतमा गाउँबाट एसएलसीको परीक्षा दिन सदरमुकाम झरेकी पूजामाथि भएको सामूहिक बलात्कारको घटनालाई जतिसुकै बिर्सन खोजे पनि न्यायको चेतनाले भने उनलाई बारम्बार झस्काइरह्यो ।
त्यही चेतनाले बारम्बार झस्काएकै कारण पीडित पूजाले आठ वर्षपछि न्याय पाएको छ । सर्वोच्च अदालतले पूजामाथि भएको पाशविक र पीडादायी अपराधमा संलग्न अभियुक्तलाई दोषी ठहर गरी ११ वर्ष कैद र १० लाख रुपियाँ क्षतिपूर्ति सजाय सुनाएको छ । तर अपराधी अझै फरार छन् ।
“यो फैसलाले मेरो पीडामा मल्हमपट्टी लगाइदिएको छ”, पीडित पूजाले भने, “अपराधीलाई छिट्टै पक्राउ गरी कानुनको कठघरामा उभ्याइयोस् ।’’ सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरि फुयाँलको संयुक्त इजलासले यही सोमबार उक्त फैसला सुनाएको हो ।
तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले जिल्ला अदालत बैतडीको फैसला उल्ट्याउँदै सामूहिक बलात्कार अपराधमा संलग्न सागर भट्ट र अमर अवस्थीलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो । सो आदेशले पूजालाई चोटमाथि चोट थपिदियो । दुवैजना फरार भए । तर पनि पूजाले हिम्मत हारिनन्, ‘इँटको जवाफ पत्थरले दिने’ दृढ विश्वासका साथ न्यायका लागि निरन्तर लडिरहिन् । अन्ततः आठ वर्षको सङ्घर्षपछि न्याय प्राप्त भयो । उनले थपे, “पुनरावेदन अदालतको फैसलाले पुनः मारेको अनूभूति गरेकी थिएँ ।”
१६ वर्षको किशोरी अवस्थामा भएको त्यो पीडादायी घटना सम्झन्न पनि चाहन्नँ । पुनरावेदन अदालतको आदेशपछि निराश बन्नुभएका पूजा आफ्नो न्यायका लागि मात्र नभई आफूजस्तै अन्य पीडित चेलीबेटीको न्यायका लागि कानुन पढ्न थालेकी छिन् ।
उनले व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२ उत्तीर्ण गरेपछि बीए एलएलबी पढ्न थालेकी हुन् । कानुन पढेर राम्रो वकिल वा न्यायाधीश बन्ने सपना उनको छ । पुनरावेदन अदालत महेन्द्रनगरको फैसला त्रुटिपूर्ण रहेको भन्दै किशोरी पूजा सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका थिए ।
अन्तिममा भए पनि न्याय मिलेको भन्दै उनले थपे, “निकै खुसी छु । मेरो न्यायका लागि लड्ने सबैलाई सम्झन चाहन्छु । त्यसअघि जिल्ला अदालत बैतडीले अभियुक्तविरुद्ध जनही १३ वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना सजाय सुनाएको थियो ।”
आठ वर्षअघि २०६८ साल चैत ९ गते एसएलसी परीक्षाको तयारी गरिरहेको बेला सदरमुकाम खलङ्गामा पुस्तक पसल सञ्चालन गरिरहेका भट्ट र फोटो स्टुडियो सञ्चालक अवस्थीले साँझ कोठामा पढिरहेकी पूजालाई अपहरण शैलीमा बलात्कार गरेका थिए ।
किशोरी पूजा घटना भएको भोलिपल्ट बिहान रक्ताम्मे र अचेत अवस्थामा फेला परेका थिए । मानसिक रूपमा विक्षिप्त भएकी पूजाको विभिन्न गैरसरकारी सङ्घसंस्थाको सहयोगमा औषधि उपचार गरिएको थियो । हाल उनी स्वस्थ छिन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्