Logo

दैलेखमा पेट्रोलियम अन्वेषण चार सर्भे एकैपटक



दैलेख, मङ्सिर ५। दैलेखकोे शिरिस्थान र नाभिस्थानलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख आएको चिनियाँ प्राविधिक टोलीले एकैपटक चारवटा सर्भे सुरु गर्ने भएको छ ।

नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि गर्नुपर्ने चारवटा सर्भे एकैपटक गर्न लागिएको हो ।

खानी तथा भूगर्भ विभागका भूगर्भ्विद् दिनेश त्रिपाठीका अनुसार चिनियाँ प्राविधिक टोलीले अन्वेषणका लागि पहिलो चरणमा गर्नुपर्ने चार सर्भे एकैपटक सुरु गरिएको बताए । उनका अनुसार भू–सतहभित्र पेट्रोलियम पदार्थ भएकाले पहिलो चरण त्यसको भौगर्भिक सर्वेक्षणको कामसँगै अन्य तीनवटा सर्भे पनि सुरु भएको हो।

पेट्रोलियम पदार्थको अन्वेषणका लागि चार सर्भे अनिवार्य रहेको उनको भनाई रहेको छ।त्यसमा पहिलो भौगर्भिक सर्भेको काम हो जो सबैभन्दा महत्वपूर्ण हुन्छ । उक्त सर्भेले जमिनमुनिको सतह पत्ता लगाउने र नक्सा निर्माण गर्ने गर्छ ।

कुन कुन भागमा पेट्रोलियम पदार्थ छ, त्यसका लागि भौगोलिक अवस्था के छ भनेर पत्ता लगाउने काम प्राविधिक टोलीले अन्तिम चरणमा पु¥याएको छ । अन्य तीनवटामध्ये भौगर्भिक सर्भे, भू–भौतिक सर्भे र जिओकेमिकल सर्भेका काम पनि एकैपटक सुरु गरिएको खवर आजको गोरखापत्र दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्