Logo

टोटेनह्यामको प्रशिक्षकमा जोजे माउरिन्हो नियुक्त



काठमाडौं, मंसिर ५ । जोजे माउरिन्हो टोटेनह्यामको प्रशिक्षकमा नियुक्त भएका छन्। त्यहाँ उनीसामु इङ्लिस प्रिमियर लिगमा आफ्नो पुनरागमन पुष्टि गर्नुको विकल्प छैन। माउरिन्हो युरोपमा सफल प्रशिक्षकका रूपमा प्रख्यात छन् तर गत सिजन म्यानचेस्टर युनाइटेडमा रहँदा टोली खराब प्रदर्शनबाट गुज्रिँदै पद छोड्न बाध्य भएसँगै उनको प्रतिष्ठामा कमी आएको थियो।

२००४ मा चेल्सीको प्रशिक्षण सम्हाल्दा नयाँ अनुहार भए पनि माउरिन्होले इङ्लिस फुटबललाई नयाँ आयाम प्रदान गरेका थिए। चेल्सीमा उनले आफूलाई ‘एक विशेष प्रशिक्षक’ का रूपमा स्थापित गरेका थिए। तर गत साता ओल्ड ट्राफोर्ड छोड्दा भने उनको छवि केही धमिलिएको थियो।

अब माउरिन्होसामु पुनः आफूलाई एक पटक प्रमाणित गर्ने अवसर आएको छ। उनका सामु चुनौतीको चाङ छ। उनले यस्तो क्लबको प्रशिक्षण सम्हाल्दै छन्, जसले २००८ पछि कुनेै पनि प्रमुख प्रतियोगिताको उपाधि भिœयाउन सकेको छैन। नयाँ रंगशाला र गत सिजन च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेका युवा खेलाडीको वर्चस्व माउरिन्होलाई प्रमाणित गर्ने सारथि बन्न सक्छन्।



प्रतिक्रिया दिनुहोस्