Logo

राजस्व छल्नेहरू धमाधम फन्दामा: १७ महिनामा १७ अर्ब बिगो



काठमाडौं, मंसिर ५ । राजस्व छलीका विविध रूप देखा पर्न थालेपछि राजस्व अनुसन्धान विभागले पनि राजस्व छली गर्ने्विरुद्ध आक्रामक अनुसन्धान र कारबाही अघि बढाउन थालेको छ ।

विभागले विगत १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरिएको बताए ।

महानिर्देशक मैनालीले मूल्य अभिवृद्धिकर ९भ्याट० बिलको नक्कली कारोबार, फल्सबटम बनाएर भन्सार छलाउने र अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने खालका पुराना कार्यशैलीसँगै अहिले राजस्व छल्नेहरूले विभिन्न नयाँ तरिका अपनाउने गरेको बताए ।

उनले नक्कली भ्याट बिल बनाएर कारोबार गर्ने्सित मात्र करिब ११ अर्बभन्दा बढी बिगो दाबी गरिएको जानकारी दिए ।

राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्