Logo

ओसाका बन्द गरेर नारिता उड्दै नेपाल एयरलाइन्स



काठमाडौं, मंसिर ५ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी फागुन १९ ९मार्च २० देखि ओसाका उडान बन्द गरेर जापानको राजधानी टोकियोबाट नजिकैको नारिता विमानस्थलमा उडान गर्ने भएको छ।

जापान सिभिल एभिएसन ब्यूरोसँग निगमले मंगलबार ग्राउन्ड ह्याण्डलिङ सम्झौता गरेको छ। यो सम्झौतापछि निगमले औपचारिक रूपमा नारिता विमानस्थलमा उडानको प्रक्रिया अगाडि बढेको छ। यो सम्झौतासँगै निगमले मार्चदेखि नियमित उडान गर्ने गरी कार्यतालिका बनाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए।

उनका अनुसार निगमले गरिरहेको ओसाका उडानमा एकतर्फी दुई सय यात्रु हुन थालको र राम्रै भराई दर हुदैँ गएको भएपनि जहाज अभाव तथा सबैको राजधानी केन्द्रित उडानको माग भएकोले ओसाका बन्द गरेर नारिता जान लागिएको हो।

निगमले दुबैतर्फको गन्तव्यमा उडान गर्न जहाज संख्या नपुग्ने र भएकै जहाजबाट नारिता गर्नुपर्ने भएको छ। नारिता जापानको राजधानीकेन्द्रित विमानस्थल हो।

यो विमानस्थल टोकियो सहरबाट ६० किलोमिटर दूरीमा छ। यस अघि वायुसेवा निगमले १२ वर्षअघि नियमित उडान गरेर ओसाका उडान बन्द गरेको थियो। निगमले जहाजको संख्या थप गर्न नसकेका कारण १३ वर्ष नियमित गरेको उडान गरेर बन्द गरेको थियो। अन्नपूर्ण पोस्टबाट



प्रतिक्रिया दिनुहोस्