Logo

प्रदेश सांसद र नगर सभापतीबिच कुटाकुट



वीरगन्ज, मंसिर ५ । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगरपालिका समितिका सभापति भोला कलवारबीच बुधबार बिहान कुटाकुट भएको छ।

वीरगन्जको आदर्शनगरस्थित एउटा चियापसलमा बिहान उनीहरूबीच नगर सभागृहबारे सुरु भएको विवाद बढ्दै गई कुटाकुटको स्थितिसम्म पुगेको थियो। घटनामा दुवैजना घाइते भएका छन्। उनीहरूको नारायणी अस्पतालमा उपचार गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

कलवार थप उपचारका लागि काठमाडौं गएको जनाइएको छ। वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको नगर सभागृह कलवारले २२ वर्षका लागि लिजमा लिएर सञ्चालन गर्दै आएका छन्।

महानगरपालिकाले सो सभागृह निजी तवरमा सञ्चालनका लागि दिएको ठेक्कामा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। अख्तियारले महानगरपालिकासँग त्यससम्बन्धी कागजात र फाइलसमेत मागेको छ।नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्