Logo

कुबेरको मूर्ति चोरी



काठमाडौँ, ५ मंसिर । प्रहरीको निगरानीमा रहेको बंगलामुखी मन्दिर परिसरबाट मंगलबार राति कुबेरको मूर्ति चोरी भएको छ। सुरक्षार्थ खटिएका प्रहरीले यसबारे कुनै जानकारी नभएको र पुजारीसँग सोध्न आग्रह गरे। अनेकथरी मान्छे आउजाउ गर्ने भएकाले सबैलाई खानतलासी गर्न नमिल्ने अभिव्यक्ति पनि दिएका छन्।

वडा ११ का अध्यक्ष इन्द्रमान महर्जनले बंगलामुखी मन्दिरमा मूर्ति चोरिएपछि राति १० बजे बन्द गरेर बिहान ४ बजे मात्र खोल्ने निर्णय भएको छ। महर्जनले भने, ‘प्रहरीको हेलचेक्र्याइँ गरेकै हो।’ हराएको मूर्ति कुबेर भगवानको भएको खुलासा भए पनि कति पुरानो हो भन्ने यकिन गर्न नसकिएको उनले बताए।
अन्नपुर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्