Logo

‘बाबा’ आवरणमा क्यानडा पठाउने धन्दा



काठमाडौं, मंसिर ५ । आफूलाई स्वामी शिवानन्द बाबा बताउने हुँगा १ गुल्मीका दीपक भण्डारीलाई भेटेपछि रुकुम मुरुका रामकाुमार डाँगी र धादिङ निलकण्ठ ११ का समन गुरुङलाई दुखका दिन सकिए जस्तो लागेको थियो । भण्डारीले पटक पटक आफू धार्मिक लगायत विभिन्न समाजिक कार्यक्रममा क्यानडा जाने गरेको र यसपटक डाँगी र गुरुङलाई लैजान सक्ने आश्वासन दिएका थिए ।

वैदेशीक रोजगारीमा जान खोजका उनीहरुलाई त्यो आश्वासनले तान्यो । आफ्नै प्रयासले राम्रा मुलूक जान नसकेको बेला भण्डारीले सहजै क्यानडा जान पाईने भएपछि भण्डारीलाई पैसा बुझाउन तयार भयौ । ‘पटक–पटक क्यानडा आउने जाने गरेको तथा कयौ व्यक्तिलाई आफूसंगै उडाई सकेको बताएपछि हामीले पत्यायौ’ बुधबार वैदेशीक रोजगार विभागमा भण्डारी विरुद्व उजुरी दिन पुगेका गुरुङले बताए ।

सुरुमा क्यानडा पुगेपछि रकम तिर हुने बताएका भण्डारीले असोज १ गते ती दुई युवासंग अर्जेन्ट काम परेको भदै साढे १० लाख रुपैयाँ मागे । ‘क्यानडा पुगेपछि प्रतिव्यत्ति २४ लाख बझाउने सहमती थियो’ गुरुङले भने ‘जानु अगाडी १० लाख रुपैयाँ मागेकाले ठग्लान भन्ने सोचेको पनि थिएनौ ।’

राजनीतिक दलका नेता, कलाकार, प्रहरी प्रशासनका व्यक्तिसंग राम्रो सम्बन्ध रहेको बताउने भण्डारीले फेसबुकमा पनि पहुँच भएका ब्यक्तिसंगको फोटोहरु राखेका छन ।साढे १० लाख रुपैयाँ लिईसकेपछि भण्डारीले उनीहरुलाई क्यानडा पठाउने भन्दै कार्तिक ७ गते थाइल्यान्ड उडाउन खोजे ।

भण्डारीले थाईल्यान्डबाट दुबई र त्यहाँबाट क्यानडा उडाउने बताएका थिए । उनीहरुलाई त्रिभुवन विमानस्थलका कर्मचारीले उड्न नदिएपछि भण्डारीको ठग धन्दा सार्वजनिक भएको छ । हाल पटक पटक उक्त दिएको पैसा फिर्ता माग्दा समेत भण्डारीले दिन मानिरहेका छैनन् । हाल भण्डारी सम्पर्कभन्दा बाहिर भएपछि पीडितले विभागमा उजुरी दर्ता गराएका छन् ।नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्