Logo

सडक कालोपत्रे गर्न माग राख्दै प्रर्दशन



काठमाडौं, मंसिर ५ । चाबहिल–चुच्चेपाटी सडकको कालोपत्रे तत्काल गर्नुपर्ने माग गर्दै स्थानीय र व्यापारीले आन्दोलन थालेका छन्। दुई वर्षअघि निर्माण सम्पन्न हुनुपर्ने सडक तोकिएको अवधिमा नसकिएपछि स्थानीय र व्यवसायीले पसल बन्द गरेर आन्दोलन थालेका हुन्। आन्दोलनका क्रममा स्थानीय र व्यापारीले ‘धुलो धुवाँ धेरै भो, कालोपत्रे छिटो गर’, ‘ठेकदारलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए।



प्रतिक्रिया दिनुहोस्