Logo

घुमघाम नेपालमा, आम्दानी भारतलाई



पाँचथर, मंसिर ५ । हिउँद लागेसँगै मौसम खुलेको छ। आकाश निलो छ। हिमाल छर्लंग देखिन्छ। मोहित पार्ने सूर्योदयको दृश्य देख्न थालिएको छ। यसरी मौसम खुलेपछि अधिकांश नेपाली भू–भाग रहेको पर्यटकीय गन्तव्य सन्दकपुरमा पर्यटक ओइरेका छन्।

दृश्यावोकन गर्ने महत्वपूर्ण थलो र घुम्ने ठाँउ अधिकांश नेपालतर्फ छ। पर्यटकहरु नेपाली भूमिमा घुम्ने, रमाउने गरे पनि आम्दानी भारतीयले गर्छन्।

नेपालतर्फ होटल कम छ। यता सडक नहुँदा भारतीय बजारको सामान भारतीय बाटोबाटै ल्याउनुपर्ने बाध्यता छ। सन्दकपुर, योसँग जोडिएका र सिमाना आसपासका गन्तव्यमा विदेशी पर्यटक बाक्लै आउने गरे पनि नेपालले खासै फाइदा लिन सकेको छैन।

सन्दकपुरमा दृश्यावलोकनका लागि अब्बल मानिएको डाँडामा केही दिनअघि भारतीय सीमा सुरक्षाबल एसएसबीले जान तथा तस्बिर खिच्न रोकेको थियो। अहिले अवरोध हटेको सशस्त्र प्रहरी प्रहरी बलका डिएसपी प्रेम प्रसाईले जानकारी दिए।

सन्दकपुर हुँदै पर्यटकहरु फालोटसम्म पुग्ने गरेका छन्। कतिपय फालोटबाट सिंहलीला पहाडनजिक हुँदै विभिन्न ठाउँ घुम्न जान्छन्। तिनीहरुबाट नेपालले लाभ लिन सकेको छैन।आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्