Logo

बाबुराम एकाबिहानै धर्नामा, यस्तो छ माग



काठमाडौं, ५ मंसिर । सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई एकाबिहानै जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका छन् । बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा तोक्न माग गर्दै भट्टराई आज गोरखा जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका हुन् ।

भट्टराईले ट्वीट गरेका छन्,‘बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिन गोरखा जिल्ला प्रशासन कार्यालय अगाडि जनप्रतिनिधिहरू र सरोकारवालाहरूको धर्ना! यो महत्वपूर्ण राष्ट्रीय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको तुरून्त ध्यान पुगोस्!।’

बूढीगण्डकी प्रभावित गोरखातर्फ आरूघाट, आर्खेत र धादिङतर्फ खहरेका बासिन्दा, जनप्रतिनिधिलगायत बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिन पुगेका थिए। गोरखा–२ बाट सांसदसमेत रहेका भट्टराई र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सदस्य सुरेन्द्र पाण्डेपनि धर्नामा छन् ।



प्रतिक्रिया दिनुहोस्