Logo

दिपक बोहराको टिप्पणी : मुलुकमा धर्म युद्ध हुन सक्छ



शरद रेग्मी : तुलसीपुर, ५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता दीपक बोहराले नेता बोहराले अहिले नेपालमा जबरजस्ति धर्म परिबर्तन गर्ने ठूलो गिरोह सक्रिय भएको भन्दै यसले धर्मयुद्ध निम्त्याउन सक्ने समेत बताए ।

रिपोर्टर्स क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताए । ‘ अहिले नेपालमा जसरी धर्म परिबर्तन भईरहेको छ, यो संबिधान बिपरित छ’ उनले भने ‘ यसले भबिष्यमा ठूलो धर्म युद्ध निम्त्याउन सक्ने भन्दै यसमा सचेत हुनुपर्ने अबस्था रहेको छ ।’

रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उनले पूर्व राजालाई पनि संबिधानको परिधीमा ल्याउनुपर्ने बताए । बिगतमा राजालाई संबिधानभन्दा माथि राखिएको भएपनि अहिले संबिधानको मातहतमा राख्ने गरि ल्याउनुपर्ने हाम्रो माग हो । उनले राजा राख्ने प्रक्रिया परम्परादेखि चल्दै आएको भन्दै यो परम्परालाई भूल्न नहुने समेत बताए ।

पूर्व राजा पनि शक्तिशाली भएकाले संसदको मुनी रहनेगरि ब्यबसपन गर्न सकिएमा शक्ति सन्तुलन हुने उनको भनाई छ । साथै अहिले सत्तापक्ष र प्रतिपक्षले मुलुकको बिकास र समृद्धिकालागि भूमिका निर्वाह गर्न नसकेको भन्दै यसको बिकल्प खोज्नुपर्ने बताए ।

साथै उनले भारतले सीमा मिचेको बिषयमा सरकार गम्भीर बन्नुपर्ने बताए । भारतले लिम्पियाधुरा, लिपुलेक, कालापाना मिचेर नक्सा सार्बजनिक गरेको भन्दै यसमा सरकार गम्भीर बन्नुपर्ने बताए । ‘पहिलो पटक सर्बदलिय बैठकले सरकारलाई समर्थन गरेको छ, यस्तो अबस्थामा पनि सरकारले भारतसंग वार्ता गर्न सकेको छैन्,’ उनले भने ‘ यो बिषयमा सरकार गम्भीर बन्नुपर्छ ।’

त्यस अवसरमा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेलले यो निर्वाचन ‘मिनी’ जनमत संग्रह भएको समेत बताए । बर्तमान सरकारले गरेका काम र प्रतिपक्षले निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्न उपनिर्वाचनको भूमिका महत्वपूर्ण हुने बताए ।

यो सत्तापक्ष र प्रतिपक्षको अग्नी परीक्षा भएको समेत बताउनुभयो । साथै, उनले राप्रपा नेकपा र कांग्रेसको बिकल्पको रुपमा आएको बताए ।त्यस अवसरमा राप्रपाको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ का उम्मेदवार भुपाल रावतले आफुले यस क्षेत्रमा जित हाँसिल गरेमा यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रमको सहजीकरण महासचिब बिमल गौतमले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्