Logo

नवनियुक्त मन्त्रीहरुले शपथ लिए (फोटोफिचर)



काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त छ जना मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललगायत उपस्थित थिए । सपथ ग्रहणका लागि राष्ट्रपति निवास शीतल भवनमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले तीन जना राज्य मन्त्रीहरूलाई शपथ गराएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्