Logo

जनताबाट विजयको आशिवार्द पाइसकेँ- विद्या भट्टराई



काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टीबाट कास्की-२ की उम्मेदवार हुन् विद्या भट्टराई । विद्यार्थी राजनीतिको लामो अनुभव सँगालेकी उनी घरपरिवार सम्हाल्न निष्कृय भइन् । पति रवीन्द्र अधिकारीको गत वर्ष हेलिकोप्टर दुर्घटनामा निधन भएपछि समयले पुनः राजनीतिमा तान्यो । उनै विद्या भट्टराईसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

तपाईं चुनावी प्रचारप्रसार कसरी अगाडि बढिरहेको छ ?
घरदैलो कार्यक्रम छ ।
जनता के भन्छन् ?
जनताले मलाई विजय हुनको लागि आशिर्वाद दिनुभएको छ ।
जनचाहनाअनुसार काम भएको छ ?
धेरै वर्षदेखि रोकिएका कामहरु सुरु भएका छन् । मेरो निर्वाचन क्षेत्रमा जनताबाट विकासनिर्माणका कामको खोजिएको छ ।
कास्की २ मा जुन रुपमा विकास निर्माण हुनुपर्ने हो, त्यसरी भएन भनेका छैनन् ?
हामीले मूल्यांकन गर्दा अगाडिदेखिको गर्नुपर्छ । त्यसमा पहिला रविन्द्र अधिकारीले गर्नुभएको कामको जनताले मूल्याङ्कन गर्नुपर्छ । उहाँले गरेका राम्रो कामको प्रशंशा भएको पाएँ, जनगुनासो पाइनँ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने रविन्द्र अधिकारीको सपना थियो, त्यो सम्भव छ ?
त्यसमा मैले पनि कुरा उठाएको छु । जुन नेपाल सरकारले एउटा सीमा तोकेको छ । त्यसभित्र बसेर पोखरा विमानस्थल बनाउनका लागि म क्रियाशील भएर लाग्नेछु ।
विश्वका पर्यटक आउने ठाउँमा पूर्वाधारहरु केही छैन, अनि कसरी काम गर्न सकिन्छ पर्यटकीय क्षेत्रमा ?
कामहरु भएका छन् । हामी जहाँ बिग्रिएको त्यहाँबाट प्रश्न सुरु गर्दछौं, त्यो स्वाभाविक पनि हो । हुँदै नभएको होइन, केही काम गर्न बाँकी छन् । गर्दागर्दै पनि समस्या देखिएका ठाउ्रँमा कामहरु सुरु भएका छन् । आउने दिनमा स्थानीय र प्रदेश सरकारलाई सघाउने काममा म पनि लाग्छु ।
तपाईंका प्रतिद्वन्द्वीले पनि कास्की २ मा म चुनाव जित्छु भन्नुभएको छ, तपाईंले जित्ने आधार के के हुन् ?
निर्वाचनमा सबै जित्न भनेरै आउने हो । म पनि प्रतिस्पर्धामा जाँदैछु, हरेक प्रतिस्पर्धीले आपूm जित्छु भनेरै आउने हो । यसमा मैले जित्ने आधार तीनवटा छन् । पहिलो कास्की २ मा २०७४ को निर्वाचनसम्म लगातार नेकपाले जितेको हो । दोस्रो यहाँ ११ वटा वडामा ८ वटा नेकपाले जितेको छ । तेस्रो हामी एकीकृत भएर आएका छौं । अर्को भनेको रविन्द्र अधिकारीले गरेका कामको सम्मान जनताले अहिलेपनि उत्तिकै गर्नेछन् । त्यसपछि देशको समुन्नत विकासको लागि जनताको विश्वास, आशा र भरोसा छ । त्यसकारण मेरो जित सुनिश्चित छ ।
कास्की २ मा कांग्रेस र कम्युनिष्टको प्रतिस्पर्धा हो ?
कांग्रेस र कम्युनिस्टको बीचमै प्रतिस्पर्धा हो ।
नेकपाको सरकारप्रति जनआकर्षण घटेको छ भनिन्छ नि सही हो ?
कास्की २ को निर्वाचन तपाईंंहरुले सोचेजस्तो होइन, फरक छ । यो उपनिर्वाचन एउटा परिस्थितिले भएको हो । यो रविन्द्र अधिकारीको अमायिक निधनले भएको हो । उहाँ यहाँका जनताले अत्यन्त माया र सम्मान गरेको नेता हो । त्यसकारण जति सामान्य रुपमा यो निर्वाचनलाई हेरिएको छ, त्यस्तो होइन । मेरो माहोल तपाईं यही आएपछि देख्नुहुन्छ । मेरो जितमा म विश्वस्त छु ।
तपाईंले जनचाहना अनुसार काम गर्नुहुन्छ भन्नेमा जनता विश्वस्त हुनुप¥यो नि ?
उहाँहरु विश्वस्त हुनुहुन्छ । मलाई तपार्इंं आएर त्यो काम गर्नुहोस् भनेर उहाँहरुले भन्नुभएको छ । फेरि हामीले हिजोका कमीकमजोरीहरुलाई सच्याएर काम गर्छौ पनि भनेका छौं । हिजो गल्तीहरु भएकै छैन हामीले भनेका छैनौं । गल्तीहरु भएका छन्, त्यसलाई सच्याएर अगाडि बढ्छौं । रविन्द्र अधिकारीको सम्मान र विश्वासको आधारमा पनि मेरो जित पक्का छ ।
जनताले त विकास खोजेका छन् नि ?
हामीले विकास गर्छौ भनेका छौं नि । अहिले तिनै तहमा नेकपाको सरकार अनि अर्को पार्टीको मान्छे चुनाव जितेर आउनुभयो भने कसरी तुरुन्त काम गर्नसक्नुहुन्छ । उहाँले विकास गर्ने आधार के छ ? ती कम्युनिस्ट पार्टीका सरकारसँग विकास योजना माग गर्ने आँट त कम्युनिस्ट पार्टीकै छ । हिजो पनि कम्युनिस्ट पार्टीले जितेको ठाउँ हो । आज सरकार पनि नेकपाकै छ, त्यसैले चुनाव जित्ने आधार पक्का छ ।
मन्त्रिमण्डल पुनर्गठन हुँदा ९ जनामा महिला पर्नुभएन नि के भन्नुहुन्छ ?
महिला पनि आउनुपर्छ भन्ने माग हो । त्यसको लागि हामी अभैm माग गर्दछौं ।
यति ठूलो मन्त्रिमण्डलमा दुई जना मात्रै महिला हुनुहुन्छ नि ३३ प्रतिशत खोइ त ?
महिलाहरुलाई ल्याउनुपर्छ भन्नेमा हामी माग गर्छौं । हामीले त माग गर्नेनै हो । महिलाहरुलाई पनि सहभागी गराउनुपर्छ भनेर सुझाव दिन्छौं । File Photo



प्रतिक्रिया दिनुहोस्