Logo

हाम्रो पार्टी हिन्दूराष्ट्रको पक्षमा छैन् : महासचिव मैनाली



शरद रेग्मी, तुलसीपुर, ५ मंसिर । नेकपा मालेका महासचिव सिपी मैनालीले नेकपा माले समानता र समावेशीकरणको पक्षमा रहेको बताएका छन् । रिपोर्टस क्लव दाङले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव मैनालीले यस्तो बताएका हुन्। उनले भने,नेकपा माले समानता र समावेशीकरणको पक्षमा छ ।’

रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले आफु र आफनो पार्टि धर्म निरपक्षताको बिरोधमा रहेको पनि बताए । नेकपा माले धर्मनिरपक्षताको बिरोधमा छ, त्यसको मतलव हिन्दुराष्ट« हुनुपर्छ भन्ने पक्षमा छैन् ।

मैनालीले अहिलेको सरकार क्रिस्चीयन धर्मको प्रचारप्रसार र प्रबद्र्धनमा लागेको आरोप लगाए । नेपालमा भएको क्रिस्चीयन सम्मेलनलाई सफल पार्न सरकार आफै खट्यो, नेताहरुले करोडौँ रकम कुमल्याए त्यसले पनी नेपालमा क्रिश्चीनिटिको प्रभाव पार्न खोजेको पुष्टी हुन्छ मैनालीको भनाई रहेको थियो ।

उनले सबैपार्टी देशमुखी हुनुपर्ने पनि बताए । नेकपा माले देश बनाउने पक्षमा भएको भन्दै उनले अहिले देशमा सामाजिक पुजीको विकास गर्न आवश्यक रहेको र मुलकमा अर्थतन्त्रको बिकास गर्ने लक्ष्य र उदेश्य आफनो पार्टीसँग रेहेको दाबी गरे ।

दलाल माफिया पुजिवादको अन्त्यका लागी देशमा राष्टिय पुजि राष्टिय उद्योग बढाउनुपर्ने उनको भनाई छ । उनले देशका साना व्यवसायीलाई प्रर्वद्धन गर्न जरुरी रहेको धारणा राखे। मैनालीले महिला पुरुष समान अधिकार हुनुपर्ने माग पनि गरे । उनले भने,”आफनो पार्टि कडा नागरिकता नितिको पक्षमा रहेको भन्दै  गैरनेपालीलाई नागरिकता दिनुहुदैन भन्ने पक्षमा रहेको जिकिर गरे ।

दाङ क्षेत्र नम्वर-३ ख मा हुन लागेको प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा मालेलाई बिजयी गराउनका लागी प्रचार प्रसारका क्रममा दाग आएका मैनालीले दलहरुका एजेण्डा हेरेर मतदान गर्न मतदाताहरुलाई आग्रह गरे । कार्यक्रमको संचालन रिपोटर्स क्लव दाङका महासचिव विमल गौतमले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम