Logo

सिलवालको ७२ घण्टे सत्याग्रह पूरा



काठमाडौं । हिन्दु अधिराज्य स्थापनाको माग गर्दै रत्नपार्कको शान्तिबाटिकामा ७२ घण्टे सत्याग्रहमा बसेका स्वतन्त्र नागरिक समाजका संयोजक हेमबिक्रम सिलवालले हिजो (बुधबार) सत्याग्रह अन्त्य गरेका छन् ।

सिलवाल मंसिर १ गते बिहान ९ बजेबाट सत्याग्रहमा बसेका थिए । उनले देशलाई बचाउन राष्ट्रिय एकताको खाँचो रहेको र राजसंस्थालाई पनि स्थान दिनुपर्ने तर्क गरेका छन् । पटकपटक सडक संघर्ष गर्दै आएको नागरिक समाजले देशमा बढ्दै गएको विकृति र विसंगतिविरुद्ध पनि आवाज उठाउँदै आएको छ ।

यसअघि सभामुख, विभिन्न राजनीतिक दलका नेता र सरोकारवालालाई ज्ञापनपत्र बुझाएर समाजले आफुहरुका माग सम्बोधन नभएर सत्याग्रह बस्ने घोषणा गरेको थियो । संयोजक सिलवाललाई केशर खड्काले जुस खुवाएर सत्याग्रहको अन्त्य गराएका थिए ।

संयोजक सिलवालले संविधानमा त्रुटी भएकाले संविधान संशोधन गरेर जान सकेमात्र देशले सही बाटो लिने बताए । उनले अर्को चरणको संघर्ष गर्ने पनि जनाएका छन् ।

सिलवालले वर्तमान सरकारले जनताका अपेक्षा पूरा गर्न नसक्ने दावी गरेका छन् । ‘अब जनताले अर्को क्रान्ति गर्नुपर्ने बेला आइसकेको छ’ उनले भने ‘ सरकार जनताको बन्नुपर्ने हो तर आफैंमा अलमल भएकाले यो सरकार जति रह्यो त्यतिबेलासम्म जनता आन्दोलित भइरहनुपर्ने अवस्था आउँछ ।’



प्रतिक्रिया दिनुहोस्