Logo

भारतले पहिलोपटक पिंक बल टेस्ट म्याच खेल्ने



भारतले इतिहासमै पहिलोपटक पिंक बलले डे नाइट टेस्ट म्याच खेल्ने भएको छ । भारत र बंगलादेश बिरुद्ध दोस्रो टेस्ट म्याच डे नाइट हुनेछ । यस म्याचमा पिंक बलले खेलाडीहरुले खेल्नेछन् । म्याच कलकत्ताको एतिहासिक मैदान इडेन गार्डेनमा हुनेछ ।  म्याचको मान्यता नव नियूक्त बीसीसीआई अध्यक्ष सौरभ गांगुलीले दिएका हुन् ।  म्याचका लागि खेलाडीहरु उत्सुक  देखिन्छन् ।

दुबै टिमको लागि यो पहिलो पटक रहेको हुँदा खेलले नयाँ मोड लिने भएको छ । पिंक बल म्याच करिब चार वर्ष अगाडी सरुवात भइसकेको थियो । तर भारतले यसलाई २२ नोभेम्बरमा हुने डे नाइट टेस्ट म्याँचमा प्रयोग गर्ने भएको छ । म्याचलाई विशेष बनाउन भारतीय आर्मीले हेलिकप्टरबाट पिंक बल दुबै टिमलाई दिनेछन् । पहिलो डे नाइट टेस्ट अष्ट्रेलिया र न्यूजील्यान्डका बिचमा सन् २०१५ मा भएको थियो ।

त्यस पश्चात कुल दसवटा डे नाइट म्याच खेलिएको थियो । केहि दिन अगाडी अष्ट्रेलिया दौरामा रहेको भारतीय टोलीलाई अष्ट्रेलियाद्धारा पिंक बलबाट टेस्ट म्याच खेल्ने प्रस्ताव आउँदा बीसीसीआईले अनुमति नदिएको कारण म्याँच हुन पाएको थिएन । यसपालि हुने पिंक बल प्रतियोगीताले दर्शकको मात्रा र टेस्ट म्याच प्रति घण्टा रहेको क्रेजलाई बढाउन मद्दत मिल्नेछ । Photo Source : India Today



प्रतिक्रिया दिनुहोस्