Logo

भारतको मेघालयमा रुखको जराबाट निर्माण भएको पूल



भारतको मेघालयमा रुखको जराबाट पूल  बनेको छ । रुखको जराबाट पुल आफै बनेको हो । खासगरि विभिन्न प्रक्रिया र ईन्जिनियरिङको माध्यमबाट बन्ने गर्छ । तर भारतको मेघालयको शहरमा नदि तर्नको लागि प्रकृतिले पूल निर्माण गरेको छ । नदिलाई तर्नको लागि रुखकै जरा प्रयोग गरेर मानिसहरु सरल तरिकाले आवतजावत गर्छन् । यसले आधुनिक युगको ईन्जिनियरहरुको लागि नँया प्रकारको पाठ जस्तै भएको छ ।  रुखको जरा करिब पचास मिटर सम्ममा छरिएको छ ।

मानिसहरुको आवतजावतको कारणले रुखको जरा झन बलियो हुँदै गएको विज्ञहरु बताउँछन् । यो प्रकृतीबाट आफै निर्माण भएको कारण यसले वातावरणलाई केहि हानी नपु¥याउने समेत जनाइएको छ ।  पूलले आफै वृद्धि, क्षय र पुनः निर्माणको प्रक्रिया आफैँ गर्दछ । पूलको हेरचाह त्यहाँका वासिन्दाले गर्छन् ।  मानिसहरुलाई यस पूलको कारण दैनिक जीवन निकै सजिलो भएको छ । यस प्रकारको पूल अदभुत रहेको र  पूलको अनुसन्धान गरिरहेको विज्ञहरु बताउँछन् । Photo Source : CNN



प्रतिक्रिया दिनुहोस्