Logo

एस्टन मार्टिनको पहिलो एसयूभि कार



ब्रिटिश स्पार्टस कार कम्पनि एस्टन मार्टिनले विभिन्न मोडेलका ए क्लास कारहरु निर्माण गर्छन् । कम्पनिको नाम विश्वभर आफ्नो राम्रो कार निर्माण गर्न प्रसिद्ध रहेको छ । यसपालि एस्टन मार्टिनले पहिलापटक एसयूभि मोडेको कार निर्माण गरेको छ । यो मोडेको कारको मूल्य एक लाख ९० हजार रहेको कम्पनिले जनाएको छ । नयाँ मोडेलमा सम्पूर्ण सुविधाहरु जडान गरिएको छ । उक्त मोडेल पुरुष मात्र नभई महिलालाई पनि ध्यानमा राखेर कारलाई डिजाइन गरिएको छ ।

एस्टन मार्टिनको सबै मोडेलहरुमा केबल दुई सिट मात्र जडान गरिएको हुन्छ भने यस मोडेलमा पाँच सिट जडान गरिएको छ ।  एसयूभिको प्रर्दशन हेर्नका लागि यसलाई अन रोड र अफ रोड परिक्षण गरिएको थियो । यसलाई विलासी एसयूभि कारको रुपमा चनिनेछ ।

एसयूभिमा एस्टन मार्टिनले टर्वो चार्ज चार लिटरको भी ८ इन्जीन रखेको छ । यो इन्जीन एस्टन मार्टिनको डीबी ११ र भ्याटेज कारमा पनि रखिएको छ । कारमा पाँच सय ४२ अश्वशक्ति रहेको कम्पनिले जनाएको छ । एस्टन मार्टिनको एसयूभि संस्करण सिमित उत्पादन हुने कम्पनिले जनाएको छ । Photo Source : CNN



प्रतिक्रिया दिनुहोस्