Logo

चीनमा विश्वको सबभन्दा ठूलो भवन



आधूनिक युगमा ठूलो भवन, गगनचुम्बि भवन, ठूला सडकहरु बनाउन सम्पूर्ण देशहरु तिब्र गतिमा काम गरिरहेका छन् । यसैगरि चीनको राजधानी सहर बेइजिङमा विश्वको सबभन्दा ठूलो आलिंद भवनको निर्माण भएको छ ।  भवनलाई विश्व प्रसिद्ध डिजाइनर जाहा हदिदले डिजाइन गरेका हुन् ।  भवन करिब ४५ तल्लाको रहेको छ । भवन विशेष गरी अफिस र व्यापारका लागि निर्माण गरिएको हो  ।

भवनको डिजाइन अदभुत किसिमको रहेको जनाइएको छ । भवनको नाम लिजा साहो टावर भनिएको छ । भवन करिब १९४. १३ मीटर ६३६ फिट रहेको कारण भवन विश्वकै ठूलो भवनको रुपमा परिचित हुनेछ । भवनको निर्माण पूर्ण रुपमा शिसाद्धारा गरिएको छ । भवन सार्वजनिक वर्गको रुपमा काम गर्नका लागि निर्माण गरिएको हो । शहरका सम्पूर्ण सडकहरु भवनसँग जोडिएका छन्  ।

भवन एलईईडी गोल्ड प्रमाणीकरण प्राप्त गर्न डिजाइन गरिएको हो । यस भवनमा उर्जा व्वस्थापन प्रणाली जडान गरिएको छ । जसले वास्तविक समयमा वातावरणीय नियन्त्रण र उर्जाको अनुगमनको क्षमता राखेको छ । भवनले फ्यान, एसि, लाईट र वातावरणीय हावाको तापमानलाई संकलन गर्नेछ । संकलन गरेको तापमानले इलेक्ट्रिक सवारीलाई चार्ज गर्न मद्दत गर्नेछ । Photo Source : CNN



प्रतिक्रिया दिनुहोस्