Logo

पृथ्वीबाट ३७ हजार फिटमाथि विवाह



अष्ट्रेलियाको सिड्नी देखि न्यूजील्याण्डको अकल्याण्ड जादैँ गरेको विमानमा एक जोडीले आफ्नो विवाह सम्पन्न गरेको छ । उनीहरुले ३७ हजार फिट माथि विवाह गरेका हुन् । अष्ट्रेलियाको डेविड र न्यूजील्याण्डकी क्याथीले यात्रुबाहक विमान जेटस्टार विमान २०१ मा विवाह गरेका हुन् ।

दम्पतिले विवाह विमानको ककपिट अगाडी एक अर्कालाई विवाह सम्बन्धमा बाँधेका हुन् । उनीहरुको प्रेम सम्बन्ध सन् २०११ मा अनलाइन मार्फत सुरु भएको थियो । यस प्रकारको विवाह ऐतिहासिक रहेको छ । क्याथीले आफ्नो विवाह एस्तै ऐतिहासिक तरिकाले गर्न इच्छा पहिलै व्यक्त गरेकी थिइन् ।

हावामा विमानले विवाह गर्न अनुमति दिएको र विवाहको व्यवस्था पनि गरेको हुँदा विवाह सम्पन्न भएको थियो । ऐतिहासिक विवाहमा हुने लागत विमानले व्यहोरेको थियो । सबै यात्रुहरु त्यस ऐतिहासिक विवाहमा भाग लिन पाउँदा खुसि भएको व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्