Logo

उच्च अदालत पाटनमा महराको यस्तो माग



काठमाडौं, मंसिर ५ । संसद् सचिवालयका एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतको आदेशविरुद्व निवेदन दर्ता गराएका छन् ।

उनले थुनामा पठाइएको अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका हुन् ।काठमाडौँ जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न लगाएको आदेश गैरकानूनी रहेको भन्दै उनले आफुलाई साधारण तारेखमा रिहागर्न समेत माग गरेका छन् ।

उनले अनुसन्धानमा बाहिर रहेरपनि सधाउन तयार रहेको बताएका छन् । गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । हाल उनलाई डिल्लिबजारस्थित थुनामा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्