Logo

बलात्कार प्रयास गर्ने बालकलाई कैद र जरिवाना



काठमाडौ, मंसिर ५ । सप्तरीमा तीन वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा १७ वर्षीय एक किशोरलाई आज साढे एक वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले अभियोग दाबी पुग्ने फैसला गर्दै आरोपित किशोरलाई साढे एक वर्ष कैद र रु दुई हजार जरिवानाको फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

गर्मी महिनामा घरको कोठा खुला राखी सुतिरहेका बेला २०७५ असोज २ गते राति घर प्रवेश गरेका आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए ।

बलात्कार प्रयास गर्दा पीडित रोएपछि आफूले थाहा पाएको र आरोपित फरार भएको पीडितका बुवाले बताएका छन् ।उजुरी परे लगत्तै पक्राउ परेका किशोर सप्तरी जिल्ला अदालतको आदेशमा ०७५ असोज २२ गतेदेखि बालसुधार गृह बिराटनगरमा छन् ।रासस



प्रतिक्रिया दिनुहोस्