Logo

साग गेममा मोदी पनि आउने सदस्य सचिवको खुलासा



काठमाडौं, ५ मंसिर । राष्टिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले १३ औं साग प्रतियोगितामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपनि आउने बताएका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सागमा प्रमुख अतिथिको रुपमा सहभागी हुनको लागि भारतीय प्रधानमन्त्री मोदीलाई निमन्त्रणा पठाएको सुनाए ।

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललबाट ५९९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष तयारी गरिएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ । समितिले २१ खेलले वैदेशिक प्रशिक्षण प्राप्त गरेको जनाएको छ । मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै समितिले सबै खेलमा नेपालले सहभागिता जनाउने गरी विशेष तयारी गरिरहेको समितिका संयोजक रिमबहादुर रानाभाटले बताए ।

नेपालबाट ३१२ पुरुष र २८७ महिला खेलाडीले सागमा सहभागिता जनाउन लागेको रानाभाटले बताए । ‘प्रशिक्षण योजनाबद्ध रुपमा संचालन गरिएको छ । त्यसैले यस पटक हामीले अहिलेसम्मकै बढि पदक जित्ने आशा लिएका छौं,’ उनले भने ।

नेपालले २०७६ जेठ १५ देखि असारसम्म विशेष प्रशिक्षण गरेको, साउन १ देखि १५ भदौसम्म प्रथम चरणको प्रशिक्षण, १६ भदौदेखि ३० असोजसम्म दोस्रो चरण र १ कात्र्तिकदेखि तेस्रो चरणको प्रशिक्षण सञ्चालन गरेको छ ।  समितिले फेन्सिङ्ग, जुडो, स्क्वास, टेबलटेनिस, पौडी, तेक्वान्दो, टेनिस, भारोत्तोलन, भलिबल, कवड्डी, ह्यान्डबललगायतका खेलहरु गरी २१ खेलका खेलाडी बैदेशिक प्रशिक्षणमा सहभागी भएको र केहि वैदेशिक प्रशिक्षणमै रहेको जनाएको छ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई दुर्घटना न्यूनीकरण अभिमुखी तालिम, मनोवैज्ञानिक अभिप्रेरित, डोपिङ्ग, पुनर्ताजगी, पोषण तथा खुराक, प्रशिक्षण विधि विज्ञानलगायतका विशेष प्रशिक्षण समेत दिइएको थियो । सागको बन्द प्रशिक्षणमा रहेका खेलाडहिरुले वैदेशिक प्रतियोगितामा सहभागी हुँदा विभिन्न उपलब्ध समेत हासिल गरेको समितिले जनाएको छ । कराँतेले दक्षिण एसियाली कराँते च्याम्पियनसिमपा ३ स्वर्ण, २ रजत, ४ कास्य जितेको थियो । महिलातर्फ कातामा ३ स्वर्ण, २ रजत र ३ काश्य जितेको थियो । पुरुष कातामा २ स्वर्ण प्राप्त गरेको समितिले जनाएको छ ।

विश्व तेक्वान्दो हान्मादाङ्ग च्याम्पियनसिपमा सहभागी भएको तेक्वान्दो टिमले पुम्से विधातर्फ १ कास्य पदक जितेको थियो । त्यसैगरी चाईना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियसिनपमा ग्यारोगीतर्फ १ रजत र ५ कास्य जितेको उल्लेख छ । सेन्ट्रल जोन महिला भलिबलमा महिला टिमले स्वर्ण पदक जितेको तथा आर्चरीमा १ स्वर्ण, रजत र २ कास्य पदक जितेको समितिका सदस्य सुशिल नरसिंह राणाले बताए । डा। प्रकाश प्रधानले नेपाली टिमले अहिलेसम्मकै राम्रो तयारी गरेकोले १३ औं सागमा महत्वपूर्ण उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्