Logo

करवृद्धिका कारण सुपरमार्केटमा जादैनन जापानी



टोकियो, मङ्सिर ५ । जापानको सुपरमार्केट बजारको व्यापारमा अक्टोबरमा कमी आएको छ ।अघिल्लो बर्षको सोही महिनाको तुलनामा यस बर्षको अक्टोबरमा ४।१ प्रतिशतले कमी आएको ‘जापान चेन स्टोर्स एसोसियसन’ले बिहीबार जनाएको छ ।

उक्त सङ्गठनले सुपरमार्केटको सामान विक्रीदरमा कमी आउनुमा जापानमा गत महिना आएको आँधी तथा अन्य खराब मौसम, अक्टोबरमा गरिएको उपभोक्ता कर वृद्धि जिम्मेवार भएको जनाएको छ ।

सुपरमार्केटहरूको सङ्गठनका अनुसार जापानका ठूला सुपरमार्केट सञ्चालक ५५ कम्पनीका १० हजार ५२२ सुपरमार्केटहरूले अक्टोबरमा कुल नौ अर्ब अमेरिकी डलर बराबरको कारोबार गरेका थिए । यद्यपि यी सुपरमार्केटमा सेप्टेम्बरमा भएको कारोबार भने मार्चपछि आशालाग्दो रूपमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।

उद्योगहरूले दिएको तथ्याङ्कमा घरायसी सामानहरूको वृद्धिदरमा अक्टोबरमा ७।२ प्रतिशतले कमी आएको थियो । उद्योगीहरूले कारोबारमा देखिएको कमीलाई उपभोक्ता करमा गरिएको करवृद्धिलाई नै जिम्मेवार बताएका छन् ।

एजेन्सी



प्रतिक्रिया दिनुहोस्