Logo

चार लाखमा विक्यो एउटा गह्राको बन्दाकोभी



घनकुटा, मंसिर ६ । घनकुटाका किसानले एउटा गह्रा बारीमा फलाएको बन्दाकोभीबाट चार लाख आम्दानी गरेका छन् । छतरजोरपाटी गाँउपालिका ६ सिँधुवाका अगुवा किसान इन्द्रबहादुर श्रेष्ठको एउटै गह्राको बन्दाकोभी चार लाखमा बिक्रि भएको छ ।

बारीमा नै आएर व्यापारीले मोलमोलाई गरेर चार लाखमा बिक्रि भएको श्रेष्ठले बताएका छन् । कुनै बेला उनले उचित मूल्य नपाउदा बारीमै तरकारी कुहिएको भन्दै यसपटक ६ रोपनी क्षेत्रफमा लाएको बन्दाकोभीले सोचेको भन्दापनि राम्रो व्यापार कमाएपछि आश्चर्य लागेको बताए ।

उनी तीन दशकयता व्यवसायीक तरकारी खेती गर्दे आएका छन् । जिल्लामा बन्दाको राम्रो माग भएका कारण आफ्ले उचित मूल्य पाएको उनको भनाई छ ।

अहिले जिल्लामा बन्दाकाभीको मूल्य ५५ देखि ६० रुपैयाँ प्रतिकिलो रहेको छ भने श्रेष्ठले बारीमै ४० देखि ४५ रुपैयाँ प्रतिकिलो बेचेका छन् । उनले ९० किलो बिउ उमालेर ६ रोपनीको एउटा गह्रामा रोपेकोे जानकारी गराए । अन्नपूर्ण पोस्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्