Logo

प्रदेशको छुट्टै बजेट



काठमाडौँ, ६ मंसिर । नेपालमा मंसिर १३ गतेदेखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद ९साग० का लागि गण्डकी प्रदेश सरकारले पनि आवश्यक बजेट उपलब्ध गराउने भएको छ। सागको दोस्रो ठूलो प्रतियोगिता स्थल पोखरा हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखरा रंगशाला परिसरको निरीक्षण गरी सागका लागि प्रदेश सरकारले पनि आवश्यक बजेट उपलब्ध गराउने बताए। सागका लागि निर्माणाधीन अवस्थामा रहेको पोखरा रंगशालाको निरीक्षण गर्दै मुख्यमन्त्री गुरुङले पूर्वाधार निमार्णको लागि केही रकम तत्कालै मन्त्रिपरिषद् बैठक बसी विनियोजित गर्ने पनि मुख्यमन्त्रीले बताए।

‘साग सम्पन्न गर्न रकमको अभाव छ भने हामी तत्काल निर्णय गरी विनियोजित गर्छौं, यो गण्डकी प्रदेशको पनि गौरवको विषय हो’– मुख्यमन्त्री गुरुङले भने। उनीसहित सामाजिक विकासमन्त्री नरदेवी पुन, १३औं साग समितिका पदाधिकारी, खेलकुद पदाधिकारी र सञ्चारकर्मीले पोखरा रंगशालाको निरीक्षण गरेका थिए।

१३औं सागअन्तर्गत पोखरामा महिला फुटबल, महिला क्रिकेट, ट्रायथोलन, आर्चरी, बिच भलिबल, ह्यान्डबल, ब्याडमिन्टन र भारोत्तोलन खेल हुनेछ। पोखरामा हुने तय भएको प्याराग्लाइडिङ खेल भने नहुने अवस्था छ। सहभागी देशको संख्या नपुगेका कारण प्याराग्लाइडिङको अन्तिममा आएर नहुने भएको हो।
अन्नपुर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्