Logo

म्याडोनामाथि मुद्दा



काठमाडौँ, ६ मंसिर । निर्धारित समयमा बोलाइएका अतिथि नपुग्नु नेपाली संस्कृति बनेको छ। ढिलो पुग्दा ‘नेपाली समय’ भनेर उडाइन्छ। तर एक कन्सर्टको समय ढिलो सारिँदा हलिउड स्टार म्याडोनालाई महँगो सावित भएको छ। उनी र आयोजक उपर एक दर्शकले मुद्दा दयार गरेका छन्।

समाचारअनुसार मुद्दा दायर गर्ने व्यक्तिले आफूलगायत धेरैको समय ख्याल नगरेकाले आर्थिक भर्पाइको माग गरेका छन्। आगामी १७ डिसेम्बरमा अमेरिका, मियामीको फिलमोरमा एक कन्सर्ट आयोजना गरिएको छ। म्याडोनाको प्रस्तुति रहने कन्सर्टको निर्धारित समय २ घण्टा ढिलो सारिएपछि समयको ख्याल नगरिएको भनेर फ्लोरिडावासी नेट हलेन्डरले मुद्दा हालेका हुन्। उनी त्यो समय आफू उपस्थित हुन नसक्ने जनाउँदै रकम फिर्ताको माग गरेका छन्। तर आयोजकले अस्वीकार गरेका छन्।
अन्नपुर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्